Tuesday, November 15, 2011

नेपाली कविताहरु

जीवन

जीवन के हो ?
बा“च्न खोज्नेहरूलाई अवसर हो
मर्न खोज्नेहरूलाई बाध्यता
आशाको त्यान्द्रो हो जीवन
नशाको सहारा नलिन आ“ट्नेहरूलाई
एउटा असल मनोरञ्जन हो जीवन
वैरागीहरूलाई यातना हो जीवन
कृतघ्नहरूलाई लहड हो जीवन
अपराधीहरूलाई अखेडो हो जीवन
जीवन सबै हो र पनि केही छैन
जिउन नसक्नेहरूलाई आत्महत्याको तयारी गर्ने समय हो जीवन

कालीगण्डकी

कालीगण्डकी सुस्याइरह्यो
यो युगको व्याथा बोकेर
मधुर गतिमा बगिरह्यो
मानव रगतका आहालहरू
अमानवीयताका पराकाण्ठाहरू
चुपचाप हेर्दै
कालीगण्डकी ओरालो झरिरह्यो
संवेदना गुमाएर
पशुजस्तै बनेका मान्छेतिर
टीठ लाग्दो दृष्टि प्mया“क्दै
कसैको इशारामा
गृहयुद्धको आत्मघाती आगो फैलाउनेहरूप्रति
असीम घृणाले थुक्दै
कालीगण्डकी चुपचाप चिप्लिरह्यो
हतियार तस्करी र विनाशमार्फत्
नव उपनिवेशवादका खुनी नङ्ग्रा फि“जाइरहेका
निकृष्ट अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूतिर
त्रूmद्ध नजर प्mया“क्दै
कालीगण्डकी रिसका आ“शु झारिरह्यो
रुन बिर्सेका मानछे
अरु मारिएको हेर्न बानी परिसक्दा
युद्धपिपासुहरूको ताण्डव नृत्य हेर्दै
हरयारहेको मानवीय मूल्य फेरि जगाउन
कालीगण्डकी प्रतिज्ञा गरिरहेछ
हो,
दाह्रा किट्दै कालीगण्डकी प्रण गर्दैछ
यसपालिको वर्षामा ऊ
प्रचण्ड गतिमा उर्लनेछ र
मानवताका शत्रुहरूलाई बगाइदिनेछ
लाटोजस्ता भएकाहरूलाई जगाइदिनेछ ।।


आमाहरूको नाममा

युवती विधवाको बा“झो सिउ“दो
कमिला हि“डेको खहरेको बगर
कोराले बेरिएको विधवाको शरीर
नभत्केको घरको भग्नावशेष
पुस्तौंदेखिका अपराधीहरू
धर्मका तथाकथित ठेकेदारहरू
तिम्रो अपराधशास्त्रको कुरुप न्यायालयमा
नैतिकताका विभत्स दृष्यहरू
ती निमुखा आमाहरू, जो तिमीलाई जन्म दिन्छन्
ज्यु“दै जलायौ ‘सती’का नाममा
फेरि लेख्दै हि“ड्यौ– नैतिकताका पोथाहरू
फैलाउ“दै गयौ पाखण्डको नग्न जीजिविसाहरू
ती दिदीहरू, जो तिम्रो दीर्घायूका लागि पूजा गर्छन्
वञ्चित ग¥यौ पैतृक सम्पत्तिको स्वामित्वबाट
दैलोबाट धकेल्दै भन्यौ– ‘मारे पाप पाले पुण्य’
ती बुहारीहरू, जो भनेजति दाइजो ल्याउन सक्दैनन्
भीरबाट घचेडिदियो र भन्यो– दुर्घटना
ए निर्लज्ज पाखण्डीहरू ∕
अझ आराधना गर्छौ देवीको, बोको बली चढाउ“छौ
कान टट्याउने प्रशंसा गर्छौ मातृभक्तिको
आजीवन आधा पेट खाने आमाहरूलाई
कहिल्यै सोध्यो मनमा कुन इच्छा थियो ?
उल्टै घिसार्दै लग्यौ बाबुको शवमा
हात काट्ने गरी चुरा फोडिदियौ र विधवा घोषित ग¥यौ
स्वघोषित युवा विद्वानहरू ∕
हुरुक्क हुन्छौ कथित परम्परा बचाउन
मृत संवेदना र मुर्छित मानवताको बीचबाट
महिमा गाउ“छौ संस्कृतिका कुरुप छटाहरूको
आमाहरूलाई पोल्ने, दिदीहरूलाई पाल्नेले कति पुण्य कमाए
यसको लेखाजोखा गर्दै गर
अमानवीय कर्मकाण्डको मोसोले
दानवीय देखिएको तिम्रो विरुप अनुहारमा
एक लिटर पेट्रोल छर्केर जलाइदिन सके
आमाहरूको आत्माले शान्ति पाउ“थे
एक नवी युगको सुरुआत हुन्थ्यो ।



सपनाका हत्याराहरू

सपनाका हत्याराहरू
हरपल छुरी उज्याइरहेछन्
अ“ध्यारोको एकछेउ
बुनिरहेछन् कपटको धागो
अर्को छेउ घुमाइरहेछन्
षड्यन्त्रको भीमकाय चर्खा
अ“ध्यारोको एक छत्र साम्राज्य बनाउन
कोही बनाउ“दैछन् बस्तीसम्म
अ“ध्यारो गल्ली
कालोलाई सेतो र सेतोलाई कालो
बनाउन व्यस्त छन् तिनका संयन्त्रहरू
देशको गर्भमा छटपटिइरहेको
सपनारुपी भ्रुणलाई हत्या गर्न
तयार छन् तिनका बन्दुकहरू
अ“ध्यारा गौ“डा र मोडहरूमा
देशतिर सोझिएका छन् तिनका सङ्गीन
बढ्दो भ्रूणस“गै प्रसव पीडामा
छट्पटिरहेको देशमा
आप्mनो भविष्य नदेखेर हत्याराहरू
सपनाका पछि लागि पर्दैछन्
उज्यालोमा तिनका पोल सुन्ने डरले
अ“ध्यारोको रक्षा गरिरहेछन्
लुटको धनको खोलो बगाएर
चेतनाको पहाड ढाल्ने प्रयास गरिरहेछन्
उज्यालोको आगमन रोक्न
बास्न खोज्ने भालेको घा“टी निमोठिरहेछन्
तर जब बढ्दै जान्छ पूर्वमा लाली
छातीले संगीनको प्रतिकार गर्छन् युवाहरू
न्यानो ओछ्यान छाडेर मशाल बोक्छन् हजुरआमाहरू
छुरीवालाहरूको निद्रा चौपट हुन्छ
इदी अमिनको दुखद् अन्त सम्झेर
मुसामा झर्छन् सिंहहरू
सपनाका हत्याराहरू


युवाहरूको नाममा

रगतका आला फाल्साहरूले
पसिनाको तिख्खर धाराहरूले
आ“टका दरिला पहाडहरूले
लगनका नीला नदीहरूले
युवा ∕ इतिहास सजाउ“दै जाऊ

का“तरताको जुवा मुनि जोतिएर
अन्योलको जा“तोमा पिसिएर
अन्यायको पहाड अब
कहा“सम्म बोक्छौ
इतिहासले अब सिकाइ नै सक्यो
नबुझेका अभिनय
अब कसरी गर्छौ,
युवा ∕ इतिहासलाई जवाफ देऊ

प्रश्रव पीडामा छटपटिएकी आमालाई
इतिहासको सुन्दर कोखबाट
प्रिय भविष्य जन्माउन नदिन
षड्यन्त्र सुरु भइसके रे
उप्m ∕ त्यो पीडा कस्तो होला
खेर फाल्ने क्षण अब छैन रे
पहिले जस्तै फेरि पनि
प्रिय भविष्यको भ्रूण हत्या गर्न
कसाइहरू खुलेआम उत्रिसके रे
तिमीले छाडेका मोर्चाहरू
जनहितका हत्याराहरूले सम्हाल्दैछन् रे ∕
युवा ∕ इतिहासले मुख छोपिसक्यो
तिम्रा नाकसामु दूर्गन्ध नआउ“दै
मोर्चामा फेरि फकिैएनौ भने
आमाले कति पुत्र वियोग सहनुपर्ने हो
पश्चात्तापको ठेली रचेर
आउ“दै गरेको पुस्तालाई
लज्जा–मृत इतिहासको टुक्रो सुम्पेर
कसरी मुख देखाउने हो,
युवा ∕ आफै“लाई सोधेर त हेर
मोर्चाले तिम्रै बाटो हेर्दैछ,
एकचोटि त्यहा“ पुगेर त हेर ∕


एरिस्टोत्र्mयाटहरू

खाली खुट्टा
आधा ढाकिएको शरीर
एक सुकुम्बासी बर्बराइरहेछ–
थूः निर्लज्ज एरिस्टोत्र्mयाटहरू ∕
तिम्रो शान्ति भर्सेला परोस्
एक्लो काठमाण्डुलाई ‘नेपाल’ मानने
ए एरिस्टोत्र्mयाटहरू ∕
हिम्मत छ भने सार्वजनिक बस चढेर
पश्चिम सीमा पुगेर त हेर
बन्दुकको खेती, बारुदको मलजल
गोलीको व्यापार गरेर
हाम्रा आला घाउहरूमा नुनचूक छरिरहेछौ
अपारदर्शी चस्मा लगाएर
सबै देखेको नाटक गरिरहेछौ
अनि दीर्घ शान्तिको योजना बुनिरहेछौ
थूः तिम्रो ध्वंशक योजना
तिम्रा आधुनिक घरका
अत्याधुनिक कोठाहरू
उत्तरआधुनिक तिम्रा साहित्य
के बुभ्mयौ हाम्रा मर्म र पीडाहरू
तिमी संसारलाई एउटै गाउ“ बनाउन चाहन्छौ रे
कहिल्यै सोच्यौ अझ कति हजार गाउ“हरू
अझै काठमाण्डूको सम्पर्क बाहिर छन् ∕
तिम्रो पाशविक परिभाषामा
हामी जो चरासरी ढालिइरहेछौ“
तिमीले हाम्रो गा“स काटेर किनेको बन्दुकले
हामी सबै आतङ्ककारी ∕
हामी असभ्य, हामी पाखण्डी
हामी अबूझ र हामी मूल्यविहीन
हाम्रा लाश गनेर तौलिरहेछौ
तिम्रो अमनचयन कति बढ्यो
तिम्रो जनावरी इतिहासमा
शान्तिको प्रगति नाचिरहेको
हाम्रो हत्याको फित्ताले
तिमीलाई वाक्क लाग्छ यो सब
अनि आविष्कार गर्छौ
तिम्रो सभ्यताका उत्कृष्ट छटाहरू
कहिले सुन्दरी प्रतियोगिताहरू
कहिले फेशन शोहरू
थूः तिम्रो सभ्यता
ह्विस्कीको चुस्की लि“दै
क्यासिनोभित्र खोजिरहेछौ सभ्यता
अमेरिका उड्न खुट्टा उठाइरहेछौ
तिमीलाई समाचार सुन्दा दिक्क लाग्छ
हामी भोगिरहेछौ“ पलपल
सुन्नुको पीडाले पलायन हुन चाहन्छौ
मातृभूमिलाई दागबत्ती दिन आतुर
ए एरिस्टोत्र्mयाटहरू ∕
कहिले रोक्छौ यो प्रलयकारी क्रीडा
देशको लगाम ओगटेर
कहिलेसम्म धकेल्छौ दलदलतिर
मान्छे हुनुको मूल्य नबुझेका
ए पाशविक अनुहारहरू ∕
ए निर्लज्ज एरिस्टोत्र्mयाटहरू ∕∕
हामी सिकाउ“छौं मान्छे बन्न
दोहोरो भिडन्त भइरहेको एउटा सदरमुकाममा
खाटमुनी एक रात गु“डुल्किएर त हेर
तिम्रो घातक, खुनी चस्मा खोलेर त हेर
तिम्रा अक्ष्यम्य पूर्वाग्रहहरू पन्छाएर त हेर
तिमीले कहा“ पु¥यायौ देशलाई
ए अमानवीय एरिस्टोत्र्mयाटहरू
एकछिन मानवताको चस्मा लगाएर त हेर ∕∕


ए युवाहरू

ए युवाहरू
मध्य दिनसम्म घुर्दै कति सुत्छौ ?
अब त उठ ∕

आकाशमा बादल मडारिरहेछ
भ्यागुताहरू कराइरहेछन्
घिस्रि“दै आउ“दै गरेको अजिङ्गर देखेर
नानीहरू आत्ति“दै कराउ“दैछन्
आ“खा र मुखमा पट्टी बा“धिएका
विवश आमाहरू
अस्पट–अस्पट बर्बराइरहेछन्–
‘कोही त बचाऊ’
आततायीहरूका प्रहारले टाउका फुट्ने डरले
जीवनै फुट्ने गरी कतिञ्जेल सुत्छौ ?
समाजै टुट्ने गरी कतिञ्जेल सुत्छौ ?

कर्कलाको पानीजस्ता अगुवाहरूलाई दोष दिएर
कतिञ्जेल निदाएको अभिनय गर्छौ ?
मनमा छट्पटि र क्षोभ लिएर
दुई बारको जीवन जाला भन्ने डरले
सयौ“ जीवन बेकसुर मारिएको
चुपचाप सह“दै कति सुत्छौ ?

आमाको काख रित्तेला भन्ने डरले
हजारौ“ आमाहरूका आ“खामा आ“शु हेर्दै
नदेखेजस्तो गरी कति सुत्छौ ?
अवसरवादी चङ्गाहरूको खेलौना बन्ने डरले
हत्याराहरूको साम्राज्यलाई मौन समर्थन दिई
अन्धकार भविष्य हेर्दै
अमिलो मन लिएर
आफै“लाई धिक्कार्दै कति सुत्छौ ?
टुटेको मन, फुटेको आस्था
टुक्रेको आ“ट, जमेको रगत लिएर
कसैले देश बचाइदेओस् भनेर
चन्द्रमाको व्रत बसेर कति दिन कुर्छौ ?
भोलि,
न हत्याराहरूले तिम्रो मौनताको पुरस्कारस्वरुप
तिम्रो समाजलाई समृद्ध बनाइदिनेछन्
न तिम्रा चन्द्र भगवान्ले तिम्रो रक्षा गर्नेछन्
भोलि,
तिमी जस्तै युवाहरूका
नाङ्गा हात र आ“टिला छाती अगाडि
तिर्मिराएर हत्याराहरूले
जब हतियार चलाउनेछन्,
सडकमा रातो रगत बग्नेछ
अनि तानाशाहरू ढल्नेछन्
जो मरेर गए, ती अमर हुनेछन्
र लुते कुकुर सरी तिमी जो बा“च्यौ,
बा“चेर पनि मर्नेछौ
तिम्र्रो आत्मा जलिरहनेछ,
अजिङ्गर, नानी र विवश आमाका विवम्वहरू
तिमीलाई पछ्याउनेछन्
अनि ढिलो गरी तिमीले भन्नेछौ–
म बा“चेर पनि मर्न चाहन्न,
म मरेर बा“च्न चाहन्छु ।


प्रतिविम्ब

युगौंदेखिको प्रहार बोकेका,
ती खेतका आलीहरू
मंसिरमा झुले धानका,
ती सुन्दर बालीहरू
युगौ“देखिको मुस्काइरहेका
ती उषा लालीहरू

ती अ“ध्यारा गल्लीहरू,
ती डरलग्दा गल्छे“डाहरू
ती दुरुह सिरेटाहरू
ती उराठिला खडेरीहरू

साथी ∕ के जीवन एकोहोरो छ ?

ती झिलिमिली सहरहरू
ती अन्धकार भूmपडीहरू
ती समृद्ध साम्राज्यहरू
ती विकलाङ्ग राज्यहरू
पानी परेको पुषको रात
मुटु क“पाउने जाडोमा
खाली खुट्टा हि“ड्ने पैतालाहरू
जेठको प्रचण्ड गर्मीमा
नाक ठोक्किने उकालोमा
भारी बोक्ने पिठ्यू“हरू

साथी ∕ के संसार एक रुप छ ?

ती औंशीका रातहरूमा
ती भेलग्रस्त वर्षाहरूमा
तुषारो परेका शिशिरहरूमा
एक मुठी स्वाभिमान र
एक फा“क न्यायका लागि
ज्यान हत्केलामा राखेर भिडिरहेका आत्माहरू

साथी के जीवन कायर छ ?

ह्वीस्कीको गिलासभित्र
मोडल अर्धनग्न शरीरभित्र
क्याविन रेष्टुरा“को पर्दाभित्र
गा“जाको सुर्कीस“गै

संसार बुभ्mने रहर गर्छौ साथी

जलाइदेऊ तिम्रा प्लेब्वायहरू
फुटाइदेऊ प्रिय सीडीहरू
असमयमै टुहुरो पारिएर
परिवारको गास जुटाउने चिन्तामा
पिल्सिएको किरोशको अनुहार हृर
निधारका चाउरी हेर
टल्पलाएका आ“खा हेर
दुब्लाएका पाखुरी हेर
चिरिएका पैताला हेर
यी संसार र यो जीवनको
कति छर्लङ्ग प्रतिविम्व छ त्यहा“ साथी ∕
आ“ट गरेर एकचोटि हेरेर त हेर ∕


पखालिदेऊ उसको सिउ“दोको सिन्दुर

पखालिदेऊ उसको सिउ“दोको सिन्दुर
छोट्याइदेऊ उसको लामो कपाल
पुछिदेऊ उसको ओठको लाली
मेटाइदेऊ उसको नङको पालिस
पोखिदेऊ उसको हातमा
युगौंदेखि जमेको दही
थमाइदेऊ उसको हातमा यौटा मशाल
सत्य र न्यायको जीतका लागि
बढिरहेको चेतनास“गै
छिनाइदेऊ उसका पाउजुहरू
चु“डाइदेऊ उसका पोतेहरू
सौन्दर्यको नाम जप्दै
अदृश्य दाम्ला र साङ्लाहरूले
बेरि“दा बेरि“दै
ऐना, चुलोचौको र मेकअपभित्र
बन्दी बनेर,
अपाङ्ग बनेको उसको व्यक्तित्व
फेरि सर्साउन
एक बिटो पुस्तक किनिदेऊ
मुहारको पाउडर पुछिदेऊ
उसलाई परी र अप्सरा भन्दै
वासनामा लठ्ठिनेहरूलाई
भनिदेऊ अब ऊ अबला नारी हैन
मशाल बोकेकी जुझारु नारी हो ।
प्राकृतिक रुपमा,
घाममा डढेको अनुहारमा
अनि छरितो पोशाकमा
भनिदेऊ ऊ अब कसैको
खुट्टा धोएर पानी खाने छैन
कसैको भान्छाकोठामा थुनिने छैन
अर्कोको कमाइमा भर पर्नेछैन
वात्सल्य र मातृत्वको अन्तहीन दुश्चक्रमा
ऊ अब फ“सिरहने छैन
त्यो पाठेघर उसैको हो र
त्यसमा कसैलाई बास दिन वा नदिन सक्छे
उसलाई कमजोर ठान्नेहरू र
खुट्टा कमाउनेहरूलाई देखाउन आज
ऊ हातमा मशाल लिएर कुदिरहिछे
बीच सडकमा
न्याय र चेतनाको ज्वाला सल्काउन
सधै“ पैतालामुनि दबाएर
दयालु, मायालु, लज्जालु, कोमल, आदि
भन्नेहरू विरुद्ध
आत्मघाती बम भएर विष्फोट हुन चाहन्छे ऊ
दशकौंको आक्रोश पोख्न चाहन्छे ऊ
नेपालकी ‘राशेल कोरी’ बन्न चाहन्छे ऊ
उसलाई किच्न आउने पुरुषवादी हैकमहरूलाई
सामन्तवादी संस्कारहरू र निकृष्ट तर्कहरूलाई
त्यही मशालले जलाउन चाहन्छे ऊ
पखालिदेऊ उसको सिउ“दोको सिन्दुर
छोट्याइदेऊ उसको लामो कपाल ।

के म बुढो भएकै हु“ ?

मलाई खेद छ,
म युवाकालमै बूढो भएछु
झर्दै गरेका बोक्राहरूलाई पूmल र
वैलिरहेका पातहरूलाई कोपिला सम्झने
अकर्मण्य संस्कृतिको बाढीमा
म अनायासै बूढो भएछु ∕

टीठलाग्दो सुकेको आ“ट लिएर
घर र परिवारको चौघेराभित्र
कु“जिएर जर्जर र जीर्ण बनेछु

अवाक् छ सडक, उदास छ वस्ती
उकुसमुकुस छ तर, पड्किने छा“ट छैन
ओसिएको छ एक मुठी बारुद
मौन भाषामा भित्तो र छानो
अवाक् रहन कठोर निर्देश गरिरहेछ
माथिको आदेश यस्तै छ ।

मेरो पसिनाले वस्ती सिञ्चिएन
मेरो रगतले सडक रङ्गिएन
खुनीहरूका तरबारले काम पाएनन्
बारुद चिसाको चिसै रह्यो
बस्ती खुम्चियो
त्यहा“ जाने बाटो खुम्चियो
त्यहा“का निरीह जीवहरूको उपचार खुम्चियो
फैलियो त केबल तिनलाई दागा धर्ने बन्दुक
गल्लीगल्लीमा, गौ“डागौ“डामा
अनि बन्दुकमा हाल्ने गोली
गास काटेर किनेको गोलीले सास बन्द गरायो
तर खै किन ?
युवाहरूको आवश्यकता भएको बेला
म असमयमै बूढो भएछु ।
हत्याको भाषामा बन्दुक बोलिरह“दा
निसास्सिएका आमाहरू र
तिनका काखमा टोलाएका
भविष्यविहीन नानीहरू
तिनको एक घुट्का दूध काटेर
किनिएका राइफलहरूले
तिनकै बाबुलाई बेपत्ता पारेर
अदालतलाई ढा“टेर, अन्धकारमा मारेर
खाडलमा पुरिएको विद्रुप सपना देख्नेहरू
पलपल झस्किरहेछन्–
के सपना सा“चो हुन सक्छ ?
पूmल खेलाउने उमेरमा,
पत्थरले हानिएका नानीहरूसामु
म आप्mनो असमयमै बुढेसले
जेलिएको विरुप अनुहार टत्र्mयाइरहेछु
तिनका बाबुको रगत–
के १,२ जनाको बढुवा समान थियो र ?
खै, म अवाक् छु ।

टुकुचाको पानीलाई अङ्गुरको रस मान्ने
उत्तर आधुनिकतावादीहरूको सङ्गतले
आत्माको अमरत्वमा विश्वस्त
अध्यात्मवादीहरूको संसर्गले
उदारवाद र विश्वव्यापीकरणको भूमरीले
फेशन र रमझमको पछिपछि कुदेको म
दशकौ“ अगाडि बूढो भएको म
निरन्तर छु,
जब निर्दोष नानीहरू मागिरहेछन्
तिनका बेपत्ता अभिभावकको ठेगाना
जब उमेर पुगेका असहाय बज्यैहरू
मागिरहेछन् ‘सास कि लास’
अकारणै हरिएका तिनका सहारा लठ्ठीहरू
जब,
नजन्मेका असङ्ख्य आत्माहरू सोधिरहेछन्
खै त हाम्रो ज्यु“दो इतिहास
मरेको इतिहासका टुक्रा हातमा लिएर
के म सा“चै भनू“– म बूढो भएकै हु“ ?

एक हुल अभागी प्रेमीहरू

दिल सल्काएर आगो तापिरहेछन्
एक हुल अभागी प्रेमीहरू
कल्पनाको आतङ्कमा डुबेर
सो कथित प्रेमको अमूर्त सागरमा
झिनो आशाको डुङ्गा खियाइरहेछन्
एक हुल अभागी प्रेमीहरू

संसार बिर्सने व्यर्थ कोशिस गर्दागर्दै
यथार्थको पर्खालमा पलपल ठोकिएर
जीवनको तलाउमा झरिरहेछन्
अनि ढिलो गरी बुझिरहेछन् संसार
जीवनको नया“ परिभाषा दिइरहेछन्
एक हुल विचरा प्रेमीहरू

सयौ“ पानाहरू भरिरहेछन्
मसी धेरै खर्चिरहेछन्
कहिले प्रेमको सुरुमा त कहिले अन्तमा
कहिले अति हर्षमा त कहिले विस्मात्मा
कहिले आत्मा रेटिरहेछन्
कहिले स्वप्न भेटिरहेछन्
तर पलपल झस्किरहेछन्
के प्रेमको साम्राज्य मौलाउला ?
अझै सशङ्कित छन्
एक हुल जिज्ञासु प्रेमीहरू

भोक, तिर्खा बिर्सिरहेछन्
नाता कुटुम्ब भुलिरहेछन्
साथीहरूलाई पन्छाइरहेछन्
पलाइरहेको प्रेमको मुना वैलाउला है ∕
सचेत छन् एक हुल प्रेमीहरू
आजीवन भोग्नुपर्ने संसारलाई
बेवास्ता गरिरहेछन् मुस्किलले
उल्टै सरापिरहेछन् समाजलाई
नाम काढी काढी निन्दा गरिरहेछन्
प्रेमका शत्रुहरूको
आफै“ परिभाषा बनाइरहेछन्
हरेक चीजहरूको
एक हुल प्रबुद्ध प्रेमीहरू

खै यो प्रेम चक्र कति दिन चल्ला ?
स्वयं जान्दैनन् यसका प्रणेताहरू
उनीहरूलाई थाहा छ वा छैन
जीवनले कठोर पाठ पढाएरै छोड्नेछ
र एक एक परीक्षा लिनेछ
हिसाबकिताब चुक्ता गर्नेछ
प्रेमपथलाई प्रेम मार्गमा पु¥याउने वा नपु¥याउने
जीवनले अकाट्य निर्णय गर्नेछ
हडबडाउ“दै बस्नेछन् परीक्षार्थीहरू
एक हुल असहाय प्रेमीहरू
खुइय खुइय गर्दै बाहिदिनेछन्
र यथार्थको ऐनामा हेर्नेछन्
तिनको प्रेमपथ कति सा“गुरो थियो
कति घुम्ती थिए र कति दलदलहरू
कतिचोटि दिशा उल्टो थियो ∕∕
पुग्न नसकिएको प्रेम मार्गलाई
हेर्नेछन् धित मर्ने गरी
अनि भन्नेछन् ‘जे भो राम्रै भो’
एक हुल भुक्तभोगी प्रेमीहरू

घडीको कथा

पत्थरको चट्टानबीच
वसन्तको के खोजी गर्छौ
ए साथी हो ∕
ढोंग नगर
पत्थरबीच पूmल फुल्ने भए
शिशिर सकिएर किन वसन्त आउनुपथ्र्यो
शीत र हुस्सूबीच
मुनाहरू टुसाउने भए
पारिलो घामको प्रतिक्षा किन गर्नुपथ्र्यो
साथी हो ∕
नाटक नगर
बन्दुकले सधै“ सुरक्षा दिने भए
पर्खेर मात्र युग फेरिने भए
बोलेर मात्र काम बन्ने भए
आज केके भइसक्थ्यो
पला“सको पूmल भइसकेका छन.
झुसिल्किराका रौ“ भइसकेका छन्
ती काल रात्रीका हतियारहरू
तर फेरि बज्रिरहेछन् हामीमाथि नै
ती अन्धकारका मतियारहरू
के घडीको सुई उल्टो घुम्न सक्छ ?
तर सिकिराख
ए साथीहरू हो
घडीलाई सुल्टो घुमाइराख्न पनि
कसैले योगदान दिनुपर्छ,
कसैले ध्यान त कसैले ज्यान दिनुपर्छ
तर किन रुझेको बिरालो जस्तै
पछितिर पाइला चालिरहेछौ,
ए साथहिरू हो ∕
अन्धकारको तरबारबाट आपूm बच्न
अरु सयौ“लाई मार खान बाध्य पारिरहेछौ
एउटा अधमरो भ्रममा
बन्दुक र गोलीको घेराले जीवन बचाउला भनेर
कति झुकिन्छौ ए साथीहरू ∕
ऐना हेर त ?
घडी सुल्टो घुमिरहेछ ।

दूधे बालक र कालीगण्डकी

सडक पेटीमा एक आमा
अबोध बच्चालाई कुटी कुटी
काखबाट जबर्जस्ती खसाल्छिन् ∕
सानोचाहि“ बच्चालाई दूध नपुगेको बेला
ठूलोले दूधको आश गरेको देखेर
अर्कोतिर फर्केर आ“शु खसाल्छिन् ∕

देशमा गरिबी भो त के भो, सम्पदा छ,
द्वन्द्वको आगो सल्क्यो त के भो
समाधानको पानी छ
अपराधीहरूले शासन चलाए त के भो
समय छ
गरिबी, अन्याय र बेथिति हटाउन सक्ने
युवा पुस्ता छ भन्दै
आशाको त्यान्द्रो बुनेर बसेको म,
भोकाएको बच्चालाई निर्ममतापूर्वक कुट्न बाध्य पारिएका
आमाहरूलाई उज्यालो भविष्यको आश देखाउने म
आफै एकदिन छा“गाबाट खसे“
निर्जन पहराबाट कालत्र अन्धकारमा खसे“ ।

शक्तिवान्हरूको बोलवाला बढ्दै गयो
नया“ समीकरणहरू बनिरहे
कोही कता कोही कता कुदिरहे
तर देश जहा“को त्यही“ रह्यो
अझ धेरै अन्धमुष्ठीतिर धकेलियो
सडकपेटीमा रुने आमाहरूका आ“खामा
अझ ठूला मूल फुटे
नया“ युगका प्रतिनिधि युवाहरू
व्यक्तित्व बनाउने होडमा
छाला प्रदर्शनमा कुदिरहे
अपराधीहरू राजनीतितिर छिरे
देश दुर्गतितिर बढ्दै गयो
निर्धन र निर्बल बबुरो म
घुटुक्क थुक निल्दै कल्पिरहे“–
“समय सबैभन्दा बलियो छ,
एक दिन हाम्रो पनि पालो आउनेछ ।”
तर विडम्वना
सगरमाथा नाङ्गो देखिएको बेला
कालीगण्डकीले छाडेको बगरमा कमिला हि“डे
हिमनदीहरू सुकिसकेका थिए
विकसित भनिएका देशका लाखौ“
उद्योगका चिम्नीबाट निस्केको धुवा“ले
पूरा वायुमण्डल तातिसकेको थियो
सगरमाथाको हिउ“ आ“शु बनेर झ¥यो
महान् ठानिएकाहरूका घरका एअर कण्डिसनरहरूबाट
निस्केका ग्या“सले
ओजोन तहमा प्वाल पारिसकेको थियो
अब त मेरो प्रेरणाको स्रोत
कालीगण्डकीको बहाव थियो
न मैले कल्पेको अपार जलसम्पदाको अस्तित्व थियो
कमिला हि“डेको कालीगण्डकीले छाडेको बगरमा
प्रचण्ड गर्मीमा म टोलाइरहेको थिए“
क्षोभ र आत्म ग्लानिले जलेर विस्मृत भइसकेको मैले
अगाडि देख्छु एकछत्र पू“जीवादी विश्वका नायकहरू
मुख बाएर हा“सिरहेछन्
बगरको ढुङ्गा टिपेर तोडले तिनका आ“खातिर हिर्काउ“छ
अज्ञात दिशाबाट आएको गोलीले मलाई लाग्छ ।
म धर्मराउ“छु, तर ढल्दिन
फेरि अर्को ढुङ्गो टिपेर हान्न खोज्दा
सयौ“ गोली एकसाथ ममा पर्छन्
म पर उछिट्टिन्छु
डङ्रङ्ग ∕∕∕∕
अहो, म त खाटबाट खसेछु
यो त विकराल सपना रहेछ
सपनाको अरु केही पनि बा“की थिएन
तर मन क्षोभ र आत्मग्लानिले भरिएको थियो
सडठक पेटीकी आमालाई खोज्न
अन्धकारमा खाली खुट्टा कुद्दै म कराउ“दै थिए“–
आमा ∕ यसै बसेर हु“दो रहेनछ
मेरो कालीगण्डकी र तिम्रा दूधे बालकलाई बचाउन
आमा ∕ हामी मर्न हुन्छ तर
कालीगण्डकी र दूधेबालक मर्नुहु“दैन
तिनीहरूमा इतिहास र भुगोल अडेको छ
आमा ∕ ढिलो हुनै थाल्यो
दूधे बालक र कालीगण्डकीलाई बचाउन

1 comment:

  1. Great blog!!

    If you like, come back and visit mine:
    http://albumdeestampillas.blogspot.com

    Thanks,
    Pablo from Argentina

    ReplyDelete