Friday, June 26, 2015

In the darkest depths of solitude

'Solitude' by Frederic Leighton 


In the darkest depths of solitude,
there lies a humble picture of yours:
a glimpse of light comes and goes,
then remains the pervasive darkness.

In the darkest depths of solitude,
gloom lurks behind the facade of normalcy;
a hint of smile comes and passes,
there remain the sighs and grunts.

In the darkest depths of solitude,
your ugliness is reflected in full glare of light,
your strengths go into hibernation,
your shrewdness disappears;
and there you are left alone:
amid vanishing beauty and willpower.

In the darkest depths of solitude,
you find yourself utterly alone, powerless, naked and vulnerable;
threads tangled in the floor,
not knowing how to untangle and then to weave;
people all around,
not knowing how to engage and how not to;
in the darkest recesses of the labyrinth called life,
not knowing how far to go which way and how far not;
your begging eyes meet with sneers and jeers.

यो नयाँ वर्ष, खै के नयाँ वर्ष




यो नयाँ वर्ष,
Photo courtesy: Wikimedia Commons. All images in public domain


खै के नयाँ वर्ष

तुवाँलोको बादल,

आँशुको वर्षा,

आकांक्षाहरुको नदी,

अतृप्त इच्छाहरुको समुद्र


सँगुरझैं मोटाएका कुकुरहरु

बाँसझैं दुब्ला 'खाते' हरुलाई

भुक्दै, लखेट्दै तर्साइरहेछन्

बाहिर कोही कठ्यांग्रिइरहेछ

हामी अर्को सिरक खापिरहेछौं



क्षितिजमा छ धाँजा फाट्ने गर्मी

हामी गमलामा पीपल रोपिरहेछौं

पीपलका पहेंलिएका पातसँगै आउने

यो नयाँ वर्ष, खै के नयाँ वर्ष



पीपल पलाओस् भित्ताको कापमा

र फूटाओस् इंट्टा र सिमेन्टलाई

गर्जिओस् आकाश, धाँजा फाटोस् जमीन

हिउँदले कँपाओस्, वर्षाले भिजाओस्

पुराना जुत्ता त्याग्नुको बदला

खिया लागेका विचार त्यागुन् मानिसहरु

बगैंचा कलमी गर्नुसट्टा

ढोंग र पाखण्डको एक पत्र काटुन् मानिसहरु

रोउन् मानिसहरु, हाँसुन् मानिसहरु

आँशु झार्नसम्म नअड्कलुन् मानिसहरु



प्लाष्टिकको कुर्सीमा बाँधिएको घोडाजस्तै

नबाँधियोस् यो नयाँ वर्ष

खुलोस् आकाश, उन्मुक्त होउन् मानिसहरु

रुन र हाँस्न सिकुन् मानिहरु

शुभ नयाँ वर्ष